५ जेष्ठ २०८१, शनिबार

रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल ओलीको कडा आपत्ति, अव के होला ?

कोमल ओली भन्छिन्, 'दरिद्रसोच भएका पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुल्यो' : रघुजी पन्त भनेका थिए, ‘पिडुँला देखाएर सांसद भएको’


कमल ओली र रघुजी पन्त

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिप्रति कडा आक्रोश व्यक्त गरेकी छन् । ‘साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले ओलीलाई सांसद बनाएको’ टिप्पणी गरेका पन्तप्रति आक्रोश व्यक्त गर्दै ओलीले ‘पन्त कतिसम्म निच रहेको भन्ने कुरा बल्ल खुलेको’ जनाएकी छन् ।

एक कार्यक्रममा पन्तले प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए भने पन्तको उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै वलीले मानव विकासका क्रममा बन्ने उनका तन्तुहरु वीचमै रोकिएको बताएकी छन् । यसरी संसद ओली र नेता पन्तवीच शब्दको शीतयुद्धले सामाजिक संजाल र अनलाइनमा जताततै चर्चा-परिचर्चा शुरु भएको छ ।

प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेकाले एकअर्काको आदर सम्मान विना समाजमा न्याय, समानता र विवेकशीलताको अन्त हुने ओलीको भनाइ छ । विवेकहीन मानिसको आलोचनाले आफैलाई आलोचित गर्ने भन्दै वलीले त्यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको छिट्टै दुर्घटना हुने टिप्पणी गरेकी छन् ।

ओलीले महिला कुनै पदमा पुग्न पन्त जस्तो दरिद्रसोचको व्यक्तिको सिकार हुनुपर्ने बताउँदै सामाजिक संजाल फेसबुकमा लेखेकी छन, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पंतजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको होरुकेयो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ।’

ओलीले फेरि लेखेकी छन्, ‘पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ । विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !