८ बैशाख २०८१, शनिबार

राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक होइनन् : अध्यक्ष थापा


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले सो कुरा बताएका हुन् ।

साथै राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रका निमित्त कहिल्यै लड्नुपर्दैन भन्नेहरू नै आज प्रजातन्त्र संकटमा पर्‍यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएको विश्लेषण पनि गरेका छन् ।

उनले कांग्रेस र कम्युनिष्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको दाबी गरेका थिए । राप्रपाको युवा संगठनले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउन राष्ट्रवादी आन्दोलनको आवश्यकता जरुरी भएको बताएका थिए ।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाइ गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको जिकिर गरेका थिए । राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रका निमित्त कहिल्यै लड्नुपर्दैन भन्नेहरू नै आज प्रजातन्त्र संकटमा पर्यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएको भन्दै थापाले कटाक्ष गरेका थिए । युवाहरूको सुनिश्चित भविष्यका निम्ति नयाँ पुस्ता जुर्मुराएर आन्दोलित हुनुपर्नेमा थापाले जोड दिएका थिए ।

कार्यक्रममा अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका निम्ति राजसंस्था र हिन्दूराष्ट्र अपरिहार्य भएको बताएका थिए । बेरोजगारी, भ्रष्टाचार र विकृतिको अन्त्यका लागि नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्ने थापाको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !