३० कार्तिक २०८१, शुक्रबार

ओलीले देव गुरूङलाई हटाए : प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त


: प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

काठमाडौँ । प्रधानमन्त्री तथा ओली समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेकपाको प्रमुख सचेतकवाट देव गुरूङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

आज शुक्रबार बालुवाटारमा आयोजित प्रदेश १ का सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले भट्टराईले प्रमुख सचेतक बनाएका हुन् । गुरुङ नेकपा प्रचण्ड-नेपाल समूहमा रहेका छन् भने भट्टराई नेकपाको ओली समूहका हुन् ।

खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् । नेकपाको ओली र प्रचण्ड-नेपाल समूहले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !