१२ पुस २०८१, शुक्रबार

राजीनामा दिन चौतर्फी दवाव बढिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न किन पुगे शितलनिवास ?

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच शितलनिवासमा भेटवार्ता


केपी ओली र विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अचानक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन् । आज बिहीवार साँझ ओली शितलनिवास पुगेका गएका हुन् । प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको यो पहिलो भेटवार्ता हो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेपछि देखिएको राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

१३ दिनभित्र बैठक बस्नुपर्ने परमादेशसहित सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेकोले सो समय-सीमाभित्र प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्नुपर्ने प्रधानमन्त्री ओलीलाई राजनीतिक दवाव छ । संसद बैठक कहिले बोलाउने भन्ने वारेमा राष्ट्रपति र प्रधानमन्त्रीवीच छलफल भएको हुनसक्ने आंकलन हर्न सकिन्छ ।

यद्यपि के के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । राजीनामा दिन चौतर्फी नैतिक र राजनीतिक दवाव बढिरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भावी रणनीतिवारे छलफल भएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ किनकी प्रधानमन्त्री ओलीलाई संकट पर्दा राष्ट्रपति भण्डारीले साथ दिदै आएको भनेर आलोचना हुँदै आएको छ । तर प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने मनस्थितिमा भएको बताउदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !