६ जेष्ठ २०८१, आइतबार

प्रदेश नं. ३ को पहिलो बैठक आज बस्दै


प्रदेशसभा

१८ माघ, मकवानपुर । प्रदेश नं. ३ को पहिलो संसदीय बैठक अस्थायी राजधानी हेटौँडामा बस्दैछ । उक्त बैठकमा ११० जना सांसदहरुको उपस्थिति रहनेछन् । पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन् । पहिलो बैठक भएकाले सुरुमा सभामुखले प्रदेश प्रमुखवाट बैठक आह्वान भएको पत्र पढेर सुनाउने कार्यसूची छ ।

बिहीबारको बैठकवाट प्रदेशसभा सञ्चालन कार्यविधि पारित गरिने प्रदेश सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए । कार्यविधि पारित भएपछि प्रदेशसभाको नियमित कामकाज अघि बढाउन सहज हुनेछ । बैठकले सभामुख चयनका लागि निर्वाचन मिति तोक्ने सचिव ज्ञवालीले बताए ।

अर्को बैठक राष्ट्रियसभा निर्वाचनपछि बस्ने र त्यसले सभामुखको निर्वाचन गर्ने उनले जानकारी दिए। सभामुखको निर्वाचन माघ २९ गते गर्ने तयारी गरिएको छ। सातवटै प्रदेशमध्येको पहिलो बैठक भएकाले सकभर व्यवस्थित रूपमा सञ्चालनको तयारी गरिएको सचिव ज्ञवालीको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !