१५ असार २०८१, शनिबार

नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन : नेता नेम्वाङ


सुवास नेम्वाङ

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन् । इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको हो भने ।

उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए । उनले तोकिएकै समय चुनाब हुने बताए । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले अब कसैले पनि राजनीतिक परिवर्तनका लागि आन्दोलन गर्न नपर्ने उल्लेख गरे ।

उनले सबैका हक र अधिकारलाई संविधानमा उल्लेख गरिएको र आवश्यकता अनुसार संविधान संशोधन गरेर अधिकार थपघट गर्न सकिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !