२२ भाद्र २०८१, शनिबार

प्रचण्डले पार्टी र देश कब्जा गर्न खोजेकोले नेकपा विभाजनको संघारमा पुग्यो : अर्थमन्त्री पौडेल


विष्णु पौडेल फाइल फोटो

बुटवल । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डले पार्टी कब्जा गरेर देश कब्जा गर्न खोजेकोले पार्टी विभाजनको संघारमा पुगेको बताएका छन् । नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे बृहत जनसभालाई सम्बाेधन गर्दै पौडेलले सो कुरा बताएका छन् ।

केपी शर्मा ओलीले यसअघि नै नेकपाको नेतृत्व यूवामा हस्तान्तरण गर्ने भनेतापनि आगामी वैशाखमा हुने निर्वाचनमा ओली समूहले बहुमत हासिल गरेर फेरि एकपटक केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको तर केहि स्वार्थी मान्छेहरु किनारा मात्र लागेको उनले बताएका छन् । केहि जंगली मानसिकता भएका षडयन्त्रकारी तत्वहरु किनारा लागेको समेत बताएका छन् । केही षडयन्त्रकारी तथा विभाजनकारी स्वार्थी तत्वहरु चोइटएको उनको भनाइ छ ।

साथै वैशाखमा जसरी पनि निर्वाचन हुने भएकोले निवाचनको तयारीमा लाग्न समेत आम नेपाली जनतालाई आग्रह गरेका छन् । दुनियाको कुनै तागतले चुनाव रोक्न नसक्ने भन्दै उनले जनसभाबाट फर्केपछि गाउँ-गाउँमा टोलटोलमा चुनावको तयारीमा लाग्न निर्देशन दिए ।

उनले वैशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट ओली नेतृत्वको नेकपालाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दावी गरे । पार्टीको आधिकारिकता र चुनाव चिन्हका बारेमा भ्रम छर्न कोशिष भइरहेको समेत उनले बताए । ओलीले भारतीय नाकाबन्दीको सामना गर्दा जनता र प्रतिपक्षी दलले समेत साथ दिएतापनि पार्टीभित्रैकै समूहले सरकार ढाल्ने षडयन्त्र रचेको उनले आरोप लगाए ।

लुम्बिनी प्रदेशमा विगतमा पराजित निर्वाचन क्षेत्रमा आगामी वैशाख हुने निर्वाचनमा बिजय हासिल गर्ने दावी समेत गरेका छन् । आगामी वैशाख हुने निर्वाचनमा ओली समुहको नेकपाले बहुमत हासिल गर्ने भएकोले फेरी पनि एकपटक देशले केपी शर्मा ओलीको नेतृत्वमा सरकार चाहेकोले वैशाखपछि केपी शर्मा ओली नै देशको प्रधानमन्त्री हुने घोषणा समेत गरेका हुन् ।

यो पनि पढ्नुहोस्

वैशाखपछि पनि फेरि एकपटक केपी ओली नै प्रधानमन्त्री : अर्थमन्त्री पौडेल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !