१३ पुस २०८१, शनिबार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल किन अचानक गए दिल्ली ?

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान


पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । खनाल नेपाल वायुसेवाको नियमित उडानबाट आज शुक्रबार बिहान साढे ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

नेकपाको सचिवालय सदस्य समेत रहेका वरिष्ठ नेता खनाल नयाँ दिल्ली प्रस्थान गर्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । नेकपा राजनीतिक रुपमा विभाजन भएको र प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले चलेको असंवैधानिक कदमको विरुद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-नेपाल समूहका बरिष्ठ नेताको दिल्ली प्रस्तानलाई अर्थपूर्ण रुपमा हेरिनु स्वभाविक हो ।

तर ४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको उनको सचिवालयले बताएको छ । खनाल नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

उनले पहिले स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेतापनि यसपटक कोरोना भाइरस (कोभिड-१९) को कारणले भारत जानु भएको बताइएको छ । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उनी भारत गएका हुन् ।

खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ दिल्ली गएका हुन् । उनी स्वास्थ्य जाँच गराएर सोमबार फाल्गुन ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !