२१ पुस २०८१, आइतबार

रिहाइपछि झाँक्रीले भनिन्, ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, ओलीसँग हामीलाई छुन सक्ने हैसियत छैन’


रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको हो ।

रिहाइपछि नेतृ झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै झाँक्रीले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताइन् । झाँक्रीले भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !