६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान आग्रह प्रचण्डको आग्रह


प्रचण्ड फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए ।

प्रचण्डले भने, “केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन् ।” प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान आग्रह गरे । ‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !