६ जेष्ठ २०८१, आइतबार

सत्य निरुपण तथा मेलमिलाप अध्यादेश जारी : आयोगको म्याद थपियो ६ महिना


विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् ।

मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

यही माघ २६ गतेसम्म रहेको दुबै आयोगका पदाधिकारीको म्याद ६ महिना थप गरी आगामी असारसम्मका गरिएको हो । सरकारले सिफारिस गरे बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !