११ जेष्ठ २०८१, शुक्रबार

सभामुखको रिट निवेदनमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मुख्य सचिवसम्म विपक्षी

सभामुखको रिटमा संवैधानिक निकायमा नियुक्त गर्ने र गरिएका सबै विपक्षी


यसरी गराइयो संवैधानिक निकायका पदाधिकारीहरुले शपथग्रहण

काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै रिट निवेदन दर्ता गरेका छन् । सभामुख सापकोटाले संवैधानिक निकायमा नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।

संसदीइ सुनुवाइ नगरी अख्तियार लगायतका संवैधानिक निकायको नियुक्ति बदर गर्न माग गर्दै उनले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । रिट निवेदन दर्ता गर्न सभामुख सापकोटा शुक्रबार आफै सर्वोच्च अदालत पुगेका थिए ।

परिषद्को सिफारिस, नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारवाही बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, मुख्य सचीव लगायत सबैलाई विपक्षी बनाइएको छ । सापकोटाले नियुक्ति गैरसंवैधानिक भएको बताउँदै आउनु भएका छन् ।

परिषद बैठकमा समेत सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए । यसअघि संवैधानिक नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरिसकेकी छिन् । उनीहरुको पद तथा गोपनियताको शपथ पनि भइसकेको छ । यसैबीच सभामुख सापकोटाले आज दिउसो १ बजे सिंहदरवारस्थित कृषि समितिको हलमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने भएका छन् ।

यो पनि पढ्नुहोस्
संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुले लिए शपथसंवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षले जनाए आपत्तिसभामुख सापकोटाले फिर्ता गरिदिए संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !