१९ असार २०८१, बुधबार

किन स्वेतपत्र जारी गर्ने तयारी गर्यो प्रचण्ड-नेपाल समूहले ?

प्रचण्ड-माधव समूहद्वारा स्वेतपत्र जारी गर्ने तयारी


प्रचण्ड-नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-नेपाल समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका छन् ।

आज शुक्रबार केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा भएको के हो भन्ने सबै सार्वजनिक गर्ने बताएका हुन् ।

उनले अहिले जारी संघर्ष ओली र प्रचण्डबीचको वा नेकपा भित्रको मात्रै लडाई नभएर लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस जसपा लगायतका दलहरु पनि सडकमा आएको बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि गर्न लागेको आजको सभालाई पञ्चहरूको र्‍यालीजस्तै भएको बताएका छन् । संवैधानिक नियुक्ति अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको उनले भनाइ छ ।

उनले ओलीको त्यही कदमको विरोधको प्रतिवाद स्वरूप हिजोको आमहड्ताल आवश्यक भएको बताए । केही समयपछि जनताहरू आएर हप्तौं हड्ताल हुनसक्ने प्रचण्डको भनाइ छ ।

यो पनि पढ्नुहोस्

एमसिसीबारे नारा नलगाउनुस् भनेको हो, म त्यसको समर्थनमा गएको छैन : अध्यक्ष प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !