१४ जेष्ठ २०८१, सोमबार

सरकारले गरेको निर्णयलाई खारेज गर्ने केपी ओलीको संकेत


११ माघ, काठमाण्डौ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरु खारेज गरिने प्रष्ट पारेको छ । भावी प्रधानमन्त्री केपी ओलीले देउवा सरकारका पछिल्ला निर्णयले देशलाई टाट पल्टाउने दाबी गरे ।

चुनाव हारेको झोंकमा देउवा सरकार राज्यकोष लुटेर देशलाई टाट पल्टाउने दिशामा अग्रसर भएको भन्दै वर्तमानको सरकारले गरेका सबै निर्णय अश्वीकार्य भएको एमालेले विहीबार औपचारिक पत्रकार सम्मेलन नै गरेर स्पष्ट पारेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा विहीवार आकस्मिक पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवा राज्यको ढुकुटी लुट खस्यौट गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए । देउवाले सेटिङ मिलाएर नयाँ सरकार बन्न नदिने षड्यन्त्र गरिरहेको एमाले अध्यक्ष ओलीले आरोप लगाए ।

सरकारले बुधबार ६५ वर्ष पुगेका व्यक्तिलाई वृद्धभत्ता दिने निर्णय गरेकोमा आपत्ति जनाउँदै ओलीले भने- बैंशमै वद्धभत्ता खाने हो ? सशस्त्र प्रहरीमा ५ एआइजीको दरबन्दी बढाउने निर्णयसमेत अश्वीकार गरिने एमाले अध्यक्ष ओलीले बताए । दरबन्दी बढाएर आफ्ना छिमेकी र आसेपासेलाई एआइजीमा बुवा गर्न खोजिएको भन्दै उनले थैली बुझाएर पद सिर्जना गर्न खोजिएको बताए ।

भावी प्रधानमन्त्री ओलीले प्रहरीको ३० वर्षे खारेज गर्ने सरकारको प्रयासप्रति आपत्ति जनाए । प्रहरीभित्र ३० वर्षे हटाउने क्रममा आर्थिक चलखेल भइरहेको उनले दाबी गरे । कर्मचारी अभावले स्थानीय तह र प्रदेशको काम हुन नसकिरहेका बेला स्वेच्छिक अवकाशका नाममा ६० अर्ब राज्यकोषबाट सिध्याउन लागिएको ओलीले बताए । कुनै आधार र कार्यक्रमबिना मन्त्रिपरिषदको एउटै निर्णयबाट ९० अर्ब रुपैया राज्यलाई भार पारिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !