१७ असार २०८१, सोमबार

ताजा जनादेश नै उपयुक्त निकास : मन्त्री महासेठ


जुलीकुमारी महतो फाइल फोटो

महोत्तरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले मुलुकको वर्तमान राजनीतिक अन्योलको अन्त्य ताजा जनादेश नै हुने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नगर भेलालाई सम्बोधन गर्दै उहाँले अन्य उल्झनमा नपरी निर्वाचनको उपयुक्त वातावरण बनाउन सबै दल लाग्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनमा जाने विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको हुँदा अझै अन्यौल देखिएपनि अदालती निर्णय आउना साथ मुलुक निर्वाचनमा होमिने मन्त्री महासेठको भनाइ छ । नेकपाका स्थायी समिति सदस्य रघुबीर महासेठले कार्यकर्तालाई निर्वाचन तयारीमा लाग्न निर्देशन दिनुभयो ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य रामदयाल मण्डललगायत अन्य नेताले बोल्नुभएको थियो । पार्टीका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीका अध्यक्षतामा सम्पन्न नगर भेलाले २५१ सदस्यीय नगर तदर्थ समिति चयन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !