१३ पुस २०८१, शनिबार

ओली पशुपतिनाथमा देशको स्वाभिमानमा पुर्याएको पापका लागि प्रायाश्चित गर्न गएका हुन् : रबिन्द्र मिश्र


रबिन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले पशुपतिनाथ ‘संकल्प’ पूजाका लागिमात्र नजाने टिप्पणी गरेका छन् । मिश्रले किसान, हत्याराहरूसँग गरेको साँठगाँठ, देशको स्वाभिमानमा पुर्याएको आँच, सबै पापका लागि प्रायाश्चित गर्न पशुपतिनाथ जाने टिप्पणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान पशुपतिनाथमा पुजा गर्न गएपछि संयोजक मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन् । ओली पशुपतिनाथ ‘संकल्प’ पूजाका लागि नगई हत्याराहरूसँग गरेको साँठगाँठ, देशको स्वाभिमानमा पुर्याएको आँच, सबै पापका लागि प्रायाश्चित गर्न गएको आरोप लगाए ।

मिश्रले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “पशुपतिनाथ ‘संकल्प’ पूजाका लागिमात्र गईँदैन। राज्यकोषको दोहन, भ्रष्टाचारका कारण विदेशबाट लाश बनेर फर्किन वाध्य नेपाली, केही लाख रूपैयाँ पाउन काठमाडौँ आएर मर्ने किसान, हत्याराहरूसँग गरेको साँठगाँठ, देशको स्वाभिमानमा पुर्याएको आँच, सबै पापका लागि प्रायाश्चित गर्न पनि गइन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !