१९ असार २०८१, बुधबार

प्रचण्ड-नेपालले कालो सपना देख्नु भएको छ, अब दु:ख पाउनुहुन्छ : प्रधानमन्त्री ओली


नेपालमा विकसित योगको अन्तर्राष्ट्रियकरण : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले कालो सपना देखेको आरोप लगाएका छन् ओलीले प्रचण्ड-नेपाल समूह जस्तो पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने जस्तो आफू नभएको टिप्पणी गर्दै आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताए ।

“हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं ।” प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, “सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं । कालो सपना देख्नुभएको छ, कालो मनसाय लिनुभएको छ । केही भन्नु छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !