नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते बस्ने Nepalpatra नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते बस्ने
१८ फाल्गुन २०७७, मंगलबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते बस्ने


नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण माघ १३ गते दिउँसो १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले प्रतिनिधिसभा विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघट्न गर्ने सरकरको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविरुद्ध यसअघि सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र र पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !