काठमाडौँ । पुर्वप्रधानन्यायाधीश शुशिला कार्कीले संसद विघटन असंवैधानिक भएको बताएकी छिन् । पुर्वप्रधानन्यायाधीश कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गर्ने अधिकार नहुँदा नहुँदै असंवैधानिक रुपमा संसद भंग गरेको आरोप लागेकी छिन् ।
इमेज टेलिभिजनको हट सीट कार्यक्रममा जगदीश खरेलसँग कुरा गर्दै पुर्वप्रधानन्यायाधीश कार्कीले आफ्नो पार्टी भित्रको विवादलाई लिएर संसदलाई भंग गरेको आरोप लागेकी छिन् । पुर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, “पार्टी भित्रको विवादलाई लिएर संसद भंग गर्नु अधिकार ओलीलाई छैन र पार्टीका नेताहरुले काम गर्न दिएन भनेर संसद किन भंग गर्नु ? संसदमा सांसदहरुले काम गर्न नदिएको भए हुन्थ्यो । तर पार्टीको नेताहरुले आलोचना गर्यो भन्दैमा संसद भंग गर्ने अधिकार छैन ।”