१५ असार २०८१, शनिबार

अध्यक्ष नेपालको पिडा : आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री ओली घाँडो भयो


माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो पुगेको बताएका छन् । जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको आरोपसमेत लगाए ।

“जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलीको विरोध गरिएकै हो । हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुगेको थियो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !