१२ पुस २०८१, शुक्रबार

सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्यो : गिरिराजमणि पोखरेल


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 85

लहान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका उहाँले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाउनुभयो । संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उहाँको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !