१२ आश्विन २०८१, शनिबार

प्रचण्ड-नेपाल खिया लागेको नटबल्टु : प्रधानमन्त्री ओली

खिया लागेका दुई वटा नटबल्टु फुक्लिने साथ पार्टी गतिका साथ अघि बढेको ओलीको दावी


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिएका छन् । खिया लागेका दुई वटा नटबल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन् ।

ओलीनिकट समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्रीले असली नेकपा आफैं भएको दाबी पनि गरेका छन् । उनले पार्टी एकता गरिएपनि काम गर्न नदिएको उल्लेख गर्दै प्रचण्ड-नेपाल आफ्नो बाटो लागेपछि पार्टी राम्ररी चलिरहेको दावी समेत गरे ।

ओलीले प्रचण्ड-नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप लगाउदै उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध समेत गरे । उनले देशको कानुन र नियमावली अनसार पार्टी चलाइरहेको बताउदै ओलीले माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताबाट आफूले नहटाएको पनि बताएका छन् ।

पार्टीको विधि र संविधान अनुसार आफूहरुले पार्टी चलाइ रहेको पनि ओलीले बताउदै प्रचण्ड-नेपाल समूहले आन्दोलनको घोषणा गरेको आफूलाई जानकारी रहेको उल्लेख गर्दै तर त्यो आन्दोलनको औचित्य नभएको बताएका छन् ।

उनले आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन पनि प्रचण्ड-नेपाल समूहलाई चुनौति दिदै उनले प्रचण्ड-नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !