७ मंसिर २०८१, शुक्रबार

कांग्रेस ‘रुल अफ ल’ मा पनि विश्वास गर्ने पार्टी : नैनसिंह महर


नैनसिंह महर

कैलाली । नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतमा प्रतिनिधिसभाको विघटनको मुद्दाले प्रवेश पाइसकेपछि अदालतको आदेश वा निर्णयलाई नेपाली कांग्रेसले पर्खेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस ‘रुल अफ ल’ मा पनि विश्वास गर्ने र कानूनको राज्य भनेको नै प्रजातन्त्र भएकाले अदालतको आदेश वा निर्णयलाई पर्खेको बताउनुभयो ।

“अदालतको आदेश, निर्देशन र फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छाँै”, नेता महरले भन्नुभयो, “नयाँ प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नका लागि आफ्ना कदम अगाडि बढाउने छौँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !