२३ पुस २०८१, मंगलबार

पार्टीको खाताबाट पैसा गायब पारियो : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले पार्टीको खाताबाट पैसा गायब पारेको आरोप लगाएका छन् । पार्टी कार्यालय कब्जा गर्ने तथा खाताको पैसा गायब गर्ने कार्य अर्को पक्षले गरेको आरोप उनले लगाएका हुन् ।

पार्टीका कार्यकर्ताले दुःख गरेर जम्मा गरेको पैसा गायब पार्ने कार्य भएको समेत उनले बताएका हुन् । आज शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई अंग्रेजी नयाँ बर्षको शुभकामना सन्देश दिने क्रममा जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले कार्यालय कसको पछि थाहा हुन्छ भन्दै कार्यकर्ता किन भिडाउनु ? भनेर प्रश्न गरेका छन् । पार्टी विवादको टुंगो नलाग्दै रकम निकासा नगर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बैंकलाई खाता रोक्का गर्न पत्र लेखेपछि उनको यस्तो धारणा बाहिर आएको हो ।

उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । उनले सूर्य चिन्ह पनि आफ्नै भएको भन्दै कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे । आन्दोलनको नेतृत्व आफूले गर्दै आएको दाबी पनि उनले गरे ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई ओलीको चेतावनी : बहुमत अल्पमतको टुंगो चुनावपछि हुन्छ, सडकमा तमासा नदेखाए हुन्छ”

निर्वाचन आयोगले प्रचण्ड-नेपाल समूहको निवेदन फिर्ता गरेको प्रधानमन्त्री ओलीको दावी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !