७ मंसिर २०८१, शुक्रबार

प्रचण्डलाई ओलीको चेतावनी : बहुमत अल्पमतको टुंगो चुनावपछि हुन्छ, सडकमा तमासा नदेखाए हुन्छ”


केपी शर्मा ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताएका छन् । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गर्दै आएपछि ओलीले यस्तो बताएका हुन् ।

प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै ओलीले बहुमत अल्पमतको टुंगो अहिले नहुने बताए । ओलीले भने, “उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ । बुहमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ ।’

पार्टी फुटेको नभई केही नेता अलग भएर सडकमा गएको र ठूला नेता हुँ भन्नेहरुबाट तमासा देखाउने काम भएको भन्दै ओलीले भने, ‘देश, पार्टी र जनताको कुरामा छैन । पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्नेतिर उहाँहरु लाग्नु भएको छ । कार्यकर्तालाई भिडन्त गराइरहनु भएको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !