५ जेष्ठ २०८१, शनिबार

ओली समूहले राष्ट्रिय दलको मान्यता पनि नपाउने संकेत : पूर्वमन्त्री तामाङ


शेरबहादुर तामाङ

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता शेरबहादुर तामाङ्ले केपी शर्मा ओली समूह राष्ट्रिय दलको मान्यता नपाउने संकेत देखिएको बताएका छन् । प्राइम टेलिभिजनको जनता जान्न चाहन्छ कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता तामाङ्ले ओली समूहले राष्ट्रिय दलको मान्यता नपाउने स्थिति देखिएको बताएका हुन् ।

नेता तामाङ्ले भने, ४४६ जना केन्द्रीय सदस्यमा ओली समूहसँग ४० प्रतिशत पनि देखिएन । ४० प्रतिशत हुँदा एउटा राष्ट्रिय दलको मान्यता हुन्थ्यो तर अहिले राष्ट्रिय दलको मान्यता पनि नपाउने स्थिति छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !