४ जेष्ठ २०८१, शुक्रबार

ओली समूहले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज, कुन प्रदेशमा को ?


ओली समूह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

जस अनुसार प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ इन्चार्जमा सत्यनारायण मण्डल, वागमती प्रदेशको इन्चार्जमा ईश्वर पोखरेल, गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल, कर्णाली प्रदेशको इन्चार्जमा मणि थापा र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी तोकेको बैठकपछि प्रवक्ता ज्ञवालीले जानकारी दिएका हुन् ।

साथै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । उक्त बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षवाट हटाएको छ । त्यस्तै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको सो समूहले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !