२ कार्तिक २०८१, शुक्रबार

चुनावको तयारीमा लागेका देउवाले यस कारण गरे संसद विघटनविरुद्ध आन्दोलनको घाेषणा


नेपाली काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएकाे सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले आन्दोलन गर्नुभन्दा चुनावको तयारी गर्नुपर्ने बताएपछि वरिष्ठ नेता रामचन्द्र पाैडलले आफ्नो पक्षका नेताहरुलाई छुट्टै भेला बोलाएका थिए। त्यसपछि वरिष्ठ नेता पाैडल पक्षको जाेडबलमा सभापति देउवा आन्दोलनमा जान तयार भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !