७ मंसिर २०८१, शुक्रबार

ओलीको असंवैधानिक खड्गप्रहारले सार्वभौम संसद मर्न सक्दैन/मरेको छैन : बाबुराम भट्टराई


बाबुराम भट्टराई तस्वीर : बाबुराम भट्टराईको बेसबुकवाट

काठमाडौँ । प्रतिनिधिसभा विघटन भएका सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका शीर्षस्थ नेताहरुले सभामुख अग्निप्रसाद सापकोटासँग आज अपराह्न भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा जसपाका नेताहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको जिकिर गर्दै सभाको बैठक बोलाउन माग गरेको जनाइएको छ ।

प्रधानमन्त्रीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पनि जसपाले सो सभा जीवितै रहेको मान्यता राखेको जसपाका नेता केशव झाले बताउनुभयो । उक्त भेटमा जसपाका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेता लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !