६ जेष्ठ २०८१, आइतबार

केपी ओली र म पछि नर्फकने : प्रचण्ड


PA

१ माघ, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीच एकतावाट पछि नहट्ने बताएका छन् । कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको भन्दै अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको बताए ।

प्रचण्डले तारेभीर महोत्सवको उद्घाटन गर्दै जनतासामू गरिएको संकल्प अनुसार बलियो कम्युनिष्ट केन्द्र बनाउनु पर्ने र विकास निर्माणको युग सुरु गर्नु पर्ने बताए । उनले भने, एमाले अध्यक्ष केपी ओली र मैले हामी कुनै पनि मूल्यमा पछि नर्फकने र जनताको आकांक्षा अनुसार अघि बढ्ने संकल्प गरेका छौं ।’ ७० वर्षपछि स्थायी सरकार बन्न लागेको र नयाँ सरकार बनेसँगै विकासले गति लिने प्रचण्डले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !