१३ पुस २०८१, शनिबार

बैठकमा उपस्थित हुन आग्रह गर्न पुगेका नेपाल, खनाल र श्रेष्ठलाई गौतमले उल्टै यस्तो भनेपछि…


वामदेव गौतम

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतले तत्काल कुनै समूहमा नजाने बताएका छन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठसँगको भेटघाटमा गौतमले यस्तो बताएका हुन् । नेपाल, खनाल र श्रेष्ठ गौतमलाई भेट्न उनको निवास गएका थिए ।

गौतमलाई दिउँसोको स्थायी र केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आग्रह गर्न नेताहरु त्यहाँ पुगेपनि गौतमले आजका कुनै बैठकमा सहभागी नहुने बताएका छन् । उनले दुई चार दिन सोच्न समय चाहिएको त्यहाँ पुगेका एक नेताले बताए ।

ओली समूहले भने पार्टी महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णयसमेत गरिसकेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको स्रोतले बतायो । ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !