११ आश्विन २०८१, शुक्रबार

पेरिस डाँडामा अचानक प्रचण्ड-नेपाल समूहको भेला, अव के गर्लान् ओलीले ?


पेरिस डाँडा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहले प्रदेश १ को पार्टी भेला आयोजना गर्ने भएका छन् । अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

पेरिसडाँडामा आयोजना हुन् लागेको सो भेलामा प्रचण्ड-नेपाल समूहले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुका साथै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको छ । पार्टीभित्रको वर्तमान परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको एक नेताले बताएका छन् ।

संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवाद चर्किदै गएको छ । दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीले हिजो साँझ ५:३० बजे बोलाएको संवैधानिक परिषद्को बैठक नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटार पुगेर आपत्ति जनाएपछि ओलीले बैठक स्थगित गरेका थिए । स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक बोलाइनुको कारणबारे प्रश्न गरेका थिए ।

तर, बैठकमा ओलीले केही छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको अस्पष्ट जवाफ दिएका थिए । प्रचण्डले प्रतिवाद गर्दै पार्टीले निर्णय गरे अनुसार अघि बढ्नुपर्ने र अहिलेको अवस्थामा बैठकको औचित्य नहुने बताएपछि बुधबारको स्थायी समिति बैठक अनुसार नै अध्यादेश फिर्ता हुने र आजको बैठक पनि स्थगित गर्ने ओलीले बताएका थिए ।

यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड-माधव नेपाल पक्षले गरिसकेको छ । पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड-नेपाल समूहले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ ।

प्रचण्ड-नेपाल समूहले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुका साथै प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाएपछि प्रधानमन्त्री ओलीले अव के गर्लान् भनेर चासो बढेको छ किनकी प्रधानमन्त्री ओलीको स्वभाव चूप लागेर बस्ने खालको देखिदैन ।

यसरी प्रधानमन्त्री ओली एकदिन अघि भएका सहमति भोलि तोड्दै हिड्ने अनि प्रचण्ड ओलीलाई दवाव दिन अनेक षडयन्त्र गर्दै हिड्दा फेरि नेकपाका सच्चा नेता तथा कार्यकर्ता चिन्तित हुनुका साथै नेकपा बिभाजन भई सक्यो तर औपचारिक घोषणा गर्न मात्र बाँकी छ कि के हो भने जस्ता संकेतहरु देखिन थालेका छन् ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली किन बसे मौन ?

प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बालुवाटारमा : के होला त निर्णय ?

आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक किन भयो फेरि अचानक स्थगित ?

नेकपा विवाद फेरि बल्झिने संकेत : अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

प्रधानमन्त्रीले फेरि किन बोलाए बालुवाटारमा मन्त्रिपरिषद्को बैठक ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !