८ मंसिर २०८१, शनिबार

भोलि बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने, अव के होला बैठक ?


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार विहान ९ बजे बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । आफू बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश उनले आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् देउवाले आजै शनिबार प्रधानमन्त्री ओलीलाई पठाएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डाकेको परिषद बैठकप्रति नै सन्देश उत्पन्न भएको भन्दै देउवाले अस्वीकार गरेका हुन् । नेपाली कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्ने लाग्दा ओलीले परिषद बैठक बोलाएर लेनदेन गराई प्रदर्शनलाई प्रभावित पार्न खोजेको कांग्रेस नेताहरूको बुझाइ रहेको छ ।

भोलि आइतबार नेकपाकै पनि स्थायी कमिटी बैठक बस्दैछ । उनले पार्टीको बैठक छल्नका लागि पनि बैठक बोलाएको हुनसक्ने शंका काँग्रेसले गरेको छ । संवैधानिक परिषद्मा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।

लामो समय पदाधिकारीविहीन भएपछि ओलीले परिषद बैठक बोलाउन देउवासँग शुक्रबार छलफल गरेका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको देशव्यापी कार्यक्रमलाई लक्षित गरी परिषद बैठक बोलाउने प्रधानमन्त्रीको नियत सफा नदेखिएको बताए ।

देउवाले अख्तियार, निर्वाचन आयोगसहितका बाँकी संवैधानिक निकायमा विभिन्न पदहमा सम्मानजनक खोजेको देखिन्छ । देउवाले अख्तियार र निर्वाचन आयोगमा १/१ जना आयुक्त मागेका छन् । अरु आयोगका सदस्यमा पनि देउवाले सम्मानजनक हैसियत खोजेको बुझिएको छ ।

नेपाली काँग्रेसले २९ असोजमा ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनको तयारी गरिरहेको बेला ओली र देउवाबीच संवैधानिक आयोगका नाममा भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको थियो । ओली देउवाको भेटवार्तामा सत्तारुढ नेकपामा देखिएको अन्तरकलहले निम्ताउने सम्भावित पार्टी विभाजन र सत्ता साझेदारीको विषयले चर्चा पाउने गरेको छ ।

यसरी सत्तापक्ष र प्रतिपक्षवीच संवैधानिक परिषद्को नियुक्तिमा भागबण्डा मिलाउने सम्झौता हुन लाग्नुलाई लोकतन्त्रको उपहास गर्ने खोजेको राजनीतिक विश्लेषकहरुको धारणा रहेको छ । यसरी राजनीतिक वृत्त र सामाजिक संजालमा प्रतिपक्षले पनि भागबण्डा खोजेपछि चौतर्फी बिरोध भएको थियो । देउवा नै संवैधानिक परिषद्को बैठकमा नजाने भएपछि प्रधानमन्त्रीले बोलाएको उक्त बैठक नै अन्यालोमा परेको छ ।

यो पनि पढ्नुहोस्

ओली र देउवाबीच भेटवार्ता : संवैधानिक परिषद्को नियुक्तिमा भागबण्डा गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !