९ असार २०८१, आइतबार

मन्त्रिपरिषद‍्को निर्णय : विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने


विश्वराज पोखरेल

काठमाडौँ । नेपाल सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को आज बिहीबार साँझ बसेको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकले एआईजी बढुवा प्रक्रिया रोक्न दिएको निर्देशनलाई बेवास्ता गर्दै भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको हो । विश्वराज नातामा उपप्रधानमन्त्री ईश्वर पोखरेलका भाइ पर्छन् ।

सरकारको सो निर्णयसँगै वैकल्पिक सूचीका पोखरेल भावी प्रहरी महानिरीक्षकका एक्ला दाबेदार बनेका छन् । उनकै लागि भनेर सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई समेत थाहै नदिइ एउटा एआईजीको दरबन्दी थपेको थियो । उनलाई प्रहरी प्रधान कार्यालयमा पदस्थापन गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !