३ मंसिर २०८१, सोमबार

परराष्ट्र मन्त्रालयद्वारा वार्षिक प्रतिवेदन सार्वजनिक


प्रदिप ज्ञवाली नयाँ परराष्ट्र नीति

काठमाडौँ । परराष्ट्र मन्त्रालयले बितेका दुई वर्षमा सम्पादन गरेका मुख्य कामको विवरणलाई समेटर आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको छ । मन्त्रालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभयो ।

विगत पाँचवर्षदेखि मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । आज सार्वजनिक भएको प्रतिवेदनमा नेपालको नयाँ राजनीतिक नक्सा प्रकाशन, एकीकृत परराष्ट्र नीति, नेपाल–भारत सीमाङ्कन, अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको पूर्णतालगायत महत्वपूर्ण आयोजनाको समाप्ति, चीनका राष्ट्रपतिको राजकीय भ्रमण र त्यसै सन्दर्भमा दुई देशबीच भएका २० वटा समझदारीपत्रलगायत विषय समावेश गरिएको छ ।

नेपालको विकासका साझेदारसँगको सघन सहकार्य, अष्ट्रिया, इण्डोनेशिया, लाओस, मलेसिया, म्यान्मा, पाकिस्तान, सर्विया र फिलिपिन्ससँग कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव, संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन, जी ७७, विश्व व्यापार सङ्गठन, सार्क, बिम्स्टेक, साङ्घाइ सहयोग सङ्गठनलगायत बहुपक्षीय एवं क्षेत्रीय सङ्गठनमा नेपालको सशक्त उपस्थिति र सहभागिता पनि प्रतिवेदनमा समेटिएको छ ।

त्यसैगरी, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यका नाताले आधारभूत मानवअधिकार संरक्षण र प्रवद्र्धनमा नेपालले निर्वाह गरेको भूमिका, आप्रवासी नेपालीको हकहितको रक्षा तथा सुरक्षा, कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार, स्वदेश फिर्तीमा सहजीकरणलगायत वर्षभरि मन्त्रालय र विदेशस्थित नेपाली नियोगले गरेका कामको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !