३० कार्तिक २०८१, शुक्रबार

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार जुट्दै


२८ पुस, काठमाण्डौ । सरकार प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा जुटेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिनेछ । दातृ निकायले मानव विकास सूचकांक (एचडीआई) सबैभन्दा उच्च भएको क्षेत्रमा नै सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने गरेको विषयलाई विभिन्न पत्रपत्रिकाले मुख्य समाचार बनाएको छ ।

आर्थिक वर्ष सन् २०१६–१७ मा दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा गरेको खर्च समेटेर अर्थ मन्त्रालयले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदन (डेभलपमेन्ट कोअपरेसन रिपोर्ट) मा एचडीआई सबैभन्दा उच्च भएकामा प्रदेश नंम्बर १ र ३ दातृ निकायले सबैभन्दा बढी खर्च गरेको देखिएको छ । नेपालका सात प्रदेशमध्ये एचडीआई सबैभन्दा उच्च प्रदेश १ मा छ । त्यसपछि प्रदेश ३ मा आउँछ ।

शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा सातवटै प्रदेशमा प्रदेश प्रमुखको मनोनयन गर्ने तयारी सरकारले गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतको भनाइलाई उद्धृत गर्दै विभिन्न पत्रपत्रिकाले समाचार लेखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !