१२ आश्विन २०८१, शनिबार

राष्ट्रपति बन्ने चाहानालाई खारेज गरिसके : बामदेव गौतम


नेपाल सरकारको सिफारिसमा

२७ पुस, काठमाण्डौ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतम राष्ट्रपति बन्ने वा राष्ट्रियसभा सदस्य हुने सम्भावनालाई खारेज गरेका छन् ।
एउटै कम्युनिस्ट पार्टी निर्माण गरेपछि पुननिर्माण प्राधिकरण जस्तै कार्यकारी भूमिकासहित ५ वर्ष विकास निर्माणमा वामपन्थी सरकारलाई सघाउने चाहना व्यक्त गरेका छन् ।

गौतमले भने, ‘कतिपय व्यक्तिले मलाई राष्ट्रिपतिका लागि कोसिस गर्न अनुरोध गरेपनि मेरो सक्रिय जीवन र नैतिकताका हिसाबले पनि मैले आफ्नो कुनै किसिमको इच्छा र अकांक्षासम्म पनि बनाउने अवश्यकता ठानेको छैन ।’ तीनपटक उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेका गौतमले आगामी सरकारले ५ वर्षभित्र आर्थिक सामाजिक रुपान्तरणका लागि सम्पूर्ण पूर्वाधार तयार गर्नुपर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहन सक्ने बताए । गौतमले मुख खोलिसकेका छैनन् तर, पुननिर्माण प्राधिकरण वा त्यो भन्दा कार्यकारी भूमिकामा रहन खोजेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !