७ बैशाख २०८१, शुक्रबार

सांसद खतिवडाद्वारा चार करोडको २९ योजना छनोट


नारायणप्रसाद खतिवडा

विदुर । नुवाकोट क्षेत्र नं २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत २९ वटा योजना छनोट गरेका छन् ।

प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी २९ वटा योजना छनोट गरेको हो । नेपाल सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रभित्र योजना सञ्चालन गर्नका लागि रु चार करोड बजेट व्यवस्थापन गरेको छ ।

शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्र समेटिने गरी रु चार करोडको बजेटका लागि योजना छनोट गरिएको सांसद खतिवडाले बताउनुभयो । उहाँका अनुसार विदुर नगरपालिका–९ स्थित जिल्ला त्रिशूली अस्पतालका लागि कोभिड–१९ परीक्षण उपकरण खरिद तथा प्रयोगशाला स्थापनाका लागि रु ८७ लाख ४० हजार, विदुर–१ स्थित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय पूर्र्वाधार निर्माणका लागि रु १० लाख, विदुर–४ स्थित जिल्ला खेल मैदान बट्टारमा शौचालय निर्माणका लागि रु आठ लाख, विदुर–४ मा कराँते भवन निर्माणका लागि रु १० लाख र विदुर–१० स्थित दारेगाँैडा खानेपानी व्यवस्थापनका लागि रु पाँच लाखको योजना छनोट गरिएको छ ।

यसैगरी कालीखोला मुहान संरक्षणका लागि दुई लाख, विदुर–३ स्थित पोखरे फाँटमा सिँचाइका लागि रु पाँच लाख, विदुर–६ स्थित चैनपुर सामुदायिक भवनका लागि रु आठ लाख, विदुर–५ स्थित पिपलटार र विदुर–१३ स्थित रिसङ्ग माने आम्थाङ माझगाउँका लागि फूटसल खेल प्रशिक्षणस्थल निर्माणका लागि रु पाँच÷पाँच लाख, विदुर–१ स्थित त्रिशूली बजार सिँढी निर्माणका लागि रु पाँच लाखको योजना छनोट गरिएको छ । त्यस्तै विदुर–११ मा रु दुई लाख, विदुर–२ मा रु तीन लाख र वडा नं ८ मा रु पाँच लाख गरी कूल रु १० लाखको सामुदायिक भवन निर्माण योजना छनौट गरिएको सांसख खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विदुर–४ मा कराँते भवन निर्माणका लागि रु १० लाख र अन्य वडामा सात वटा योजनाका लागि रु एक करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै, बेलकोटगढी नगरपालिकाका–२ स्थित बोक्से कात्तिके, वीरेन्द्र मावि सडक स्तरोन्नतिका लागि रु १० लाख, वडा नं ६ मा बञ्चरे, कृष्णमन्दिर सडक र मालिका दियाले सडक स्तरोन्नतिका लागि रु १५ लाख, वडा नं ११ मा अमारे, डेउडी र मजुवा सडक स्तरोन्नतिका लागि रु १० लाख, वडा नं ८ र ९ मा जनसेवा बराबोटसडक स्तरोन्नति र साँधी खोला भट्टथोक खमारे सिँचाइका लागि रु १० लाख गरी बेलकोटगढी नगरपालिकालाई कूल रु ५५ लाख बजेट विनियोजन गरिएको छ ।

किस्पाङ गाउँपालिका–१ स्थित गान्द्राङ सिँचाइ र घोङा भञ्ज्याङ सोलार प्लान्ट निर्माणका लागि रु १० लाख, किस्पाङ– ५ स्थित सुकौरो खोलादेखि स्कूल हुँदै अँधेरीखोलासम्मको सिँढी बाटो र ठण्डा खानेपानीका लागि रु १० लाख, किस्पाङ–३ स्थित घट्टेखोलादेखि डिस्युँखोला गोरेटो बाटो र किर्नेबगर आर्वा ग्रामीण सडक स्तरोन्नतिका लागि रु १० लाख, किस्पाङ–२ स्थित ताजी सामुदायिक स्वास्थ्य भवन निर्माणस्थल जाने बाटो निर्माण र कोलथापे गोगने मोटरबाटो स्तरोन्नतिका लागि रु १५ लाख, किस्पाङ–५ स्थित मनकामना स्वास्थ्यचौकी माने गाउँ गोरेटोका लागि रु १० लाख गरी किस्पाङलाई करुल रु ५५ लाखको योजना छनौट गरिएको छ ।

म्यागङ गाउँपालिका–१ स्थित आल्जङ खेलमैदान र आल्जाङ कौशिञ्चेत सडक निर्माणका लागि रु १० लाख, म्यागङ–२ स्थित गरवाङदेखि सरस्वती मावि गोरेटो सिँढीका लागि रु पाँच लाख र धनसिंङ प्रतिष्ठान पूर्वाधारका निर्माणका लागि रु १० लाख, म्यागङ– ३ स्थित दुर्सापाङ गोदोङ्ब्रो हुँदै तल्लो कुँवा जोड्ने सडक स्तरोन्नतिका लागि रु पाँच लाख र चिउरी भञ्ज्याङ लामडाँडा बाटोको लागि रु १० लाख, म्यागङ ४ स्थित बलङ्ग्राङ टोल खेलमैदान र पार्चेतखोला सत्यदेवी सडक स्तरोन्नतिका लागि रु १० लाख, म्यागङ–६ स्थित गुम्वाडाँडा गोरेटो निर्माण र कलेटी गोरेटो मर्मतका लागि रु १० लाख र भैङेरी, मैवल र फलाटे खेलमैदान निर्माणका लागि रु १३ लाख, म्यागङ–५ स्थित नागीनिस्थान खेलमैदान र पुरानो स्कुल टकसार मन्दिरका लागि रु १० लाख गरी म्यागङको लागि कूल रु ८३ लाखको योजना छनौट गरिएको छ ।

त्यस्तै, तारकेश्वर गाउँपालिका–४ स्थित मूलबाटो विक टोल र सरस्वती मावि ढोड सडक स्तरोन्नतिका लागि रु १० लाख, तारकेश्वर–२ र ३ मा तारुका खानेपानीका लागि रु १५ लाख, तारकेश्वर १, ५ र ६ मा फर्सिकोट चालिसे, सिरानटोल लर्केप मोटरबाटो स्तरोन्नति, भूँडीखोप बाँझेगरा सिँचाइ, भञ्ज्याङथोक खेलमैदान, फ्युचर कल्ब र रातोडाँडा गुम्बाका लागि रु १८ लाख तथा प्रशासनिक खर्च जिससका लागि रु तीन लाख ६० हजार गरी कूल रु चार करोडको योजना छनोट गरिएको सांसद खतिवडाले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !