फाइल फोटो
रोल्पा । ऊर्जामन्त्री वर्षमान पुनले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । रोल्पाको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले भने, ‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’