८ बैशाख २०८१, शनिबार

यस कारण ओलीलाई हटाउन प्रचण्डभन्दा पूर्व एमालेका नेपाल, खनाल नै बढी सक्रिय, अब के गर्लान ओली ?


केपी शर्मा ओली

काठमाडौं । केपी शर्मा ओलीलाई हटाउनको लागि पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपाल र उनका विश्वासपात्रहरु कडा रुपमा प्रस्तुत हुन थालेका छन् । पूर्व एमालेका नेपाल समूहले ओलीलाई पार्टीलाई बेवास्ता गरी मनोमानी तरिकाले चलेको भनी आलोचना गर्दै आएका छन् । नेकपा बैठकमा ओली र नेपालबीच धम्कीको भाषा समेत प्रयोग भएको खुलासा भइसकेको छ ।

ओलीमा अहंकार भएको नेपालले आरोप लगाउदै आएका छन् । ओलीले अरुको कुनै महत्व नदिने गरेको र पार्टीभित्रको छलफलमा विश्वास नगर्ने स्वभाव भएको आरोप लगाएका छन् । नेपालले ओलीलाई महाराजको शैली देखाएको आरोप समेत लगाएका छन् । पार्टीभित्रको मुख्य जड नै ओलीको रहेको आरोप लगाएको छ ।

नेपालले दुईपटक ओलीलाई सत्ताबाट हटाउने प्रयासमा मुख्य भूमिका खेले पनि पहिलोपटक प्रचण्ड आफै पछि हटेका थिए । दोस्रो पटक पनि सहमतिमा प्रचण्डले टुंग्याए । तर, माधव नेपाल ओलीविरुद्ध चट्टान झै अडिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !