काठमाडौं, २७ कार्तिक । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई बन्ने बन्ने बाटो खुल्ला भएसँगै मन्त्री बन्न अफर आएको छ । सर्वोच्च अदालतले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नेगरि मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेका छन् ।
गौतमले भने आफू तत्काल मन्त्री बन्ने तयारीमा नलागेको र आफ्नो अडान कायमै रहेको बताउंदै आएका छन् । नेकपानिकट उच्च स्रोतकाअनुसार बालुवाटारले भने गौतमलाई रक्षामन्त्री बन्न अफर गरेको छ । गौतम भने आफू यसपटक प्रधानमन्त्री ओलीको कुनैपनि महाजाल र अफरमा नलोभ्भिने अडान कसेका छन् ।