८ पुस २०८१, सोमबार

किन खुलेर नबोली र कुनै समूहमा नलागी चुपचाप छन् गृहमन्त्री थापा ?


राम बहादुर थापा

काठमाडौँ, कार्तिक २३ । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुर थापा ‘बादल’ माओवादी सशस्त्र जनयुद्धको समयदेखि नै अन्तरमुखी स्वभावका नेता हुन् । जिम्मेवारीका हिसाब उनी बोलिरहनुपर्ने ठाउँमा छन् तर हम्मेसी बोल्दैनन् । वर्तमान मन्त्रिपरिषद्मा हुने बैठकमा समेत मौन रहने गृहमन्त्रीलाई एक सहपाठी मन्त्रीले बताए अनुसार उनलाई मौनता पर्यायवाची भएको बताएका छन् ।

नेकपा सचिवालय बैठक सैद्धान्तिक एजेण्डामा घनिभूत छलफल र वादविवाद हुँदा समेत बादलको बोली त्यति फुट्दैन । सबै नेता छलफलमा सहभागी भएर आ-आफ्ना तर्क राखिरहेका हुन्छन् तर बादल बोल्दै बोल्दैनन् । उनीले बोल्ने र पक्ष विपक्षमा छलफल गर्ने भनेको दुर्लभ घटना हो ।

ओली र प्रचण्डको व्यक्तिगत शक्ति संघर्ष हुँदा समेत पक्ष-विपक्षको लडाइँमा ‘बादल’ को यही मौनतालाई दुवै अध्यक्षहरूले आफूअनुकूल व्याख्या गरेतापनि गुटको हिसाबकिताबमा दुवै अध्यक्षका खातामा चढे तर बादल हल्लिएनन्, पार्टीभित्रका यस्ता बहस उनले मुसुमुस हाँसेर टारिदिए ।

उनी सचिवालयमा मात्रै नभई मन्त्रिपरिषद् बैठकमा पनि हम्मेसी बोल्दैनन् । मन्त्रिपरिषद् बैठकमा पेश भएका एजेण्डाहरुमा समेत धेरैजसो मन्त्रीहरूले आ-आफ्ना कडा धारणा राखेपनि बादल नबोलेपछि प्रधानमन्त्रीज्यूले गृहमन्त्रीज्यूको पनि केही छ कि भनेर समेत सोध्नुपर्ने स्थिति आईरहने एक मन्त्रीले बताए ।

बादल किन मौन बस्छन् ? भन्ने प्रश्नको उत्तरमा उनले आफू पहिलेदेखि नै कम बोल्ने मान्छे भएको र अनावश्यक विषयमा धेरै नबोल्ने बताउने गर्छन् । बादलले आफूलाई अन्तर्मुखी स्वभावको भनेर बारम्बार भनिरहेका हुन्छन् । उनले माओवादी युद्धकालीन मोर्चाका बैठकहरूमा पनि आफ्ना भनाइ राख्दा ‘म अलिकति अन्तर्मुखी स्वभावको छु,’ भनेर आफ्ना कुरा सुरु गरेर उनले ५ घण्टा लामो सैद्धान्तिक बहस र प्रशिक्षण समेत गरेका थिए ।

नेकपा विवादका बेला उपाध्यक्ष वामदेव गौतम अप्ठ्यारोमा सधैँ ओलीको हात थाम्दै आएर यसअघिका विवादमा पनि गौतमले ओलीको हात थामेका कारण नेकपाको चर्किएको विवाद साम्य भएको थियो । तर, ओलीले भने गौतमका लागि खासै भूमिका खेलेको देखिँदैन । पछिल्लो समय भने गौतम ओलीको समूह छोडेर खुल्ला रुपमा प्रचण्ड समूहमा लागेका छन् ।

बरु, नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने प्रायः विवादका बेला मौन देखिँदै आएका छन् । यसअघि उनको मौनताले प्रधानमन्त्रीलाई फाइदा पुगेको देखिन्छ । पूर्वमाओवादी समूहका नेता बादल माओवादीमा हुँदा पनि प्रचण्डइतर समूह थिए । सोही समूहको सिफारिसमा सरकारमा गएसँगै बादल ओलीको कित्तामा उभिए ।

केही समययता भने नेता बादल मौन छन् । उनी ओली समूहको छलफलमा पनि सहभागी हुने गरेका छैनन्, आक्कल-झुक्कल बाहेक प्रचण्ड समूहका भेला-बैठकमा पनि देखिने गरेका छैनन् । नेकपा उच्च स्रोतका अनुसार नेता बादलले पुनः प्रचण्डलाई नै साथ दिन थालेका छन् । तर, सरकारको मन्त्री भएका कारण अहिले खुलेर ओलीविरुद्ध लाग्न नमिल्ने र आफ्नो अप्ठ्यारो बुझिदिन प्रचण्डलाई आग्रह गरेका छन् ।

प्रचण्ड निकट स्रोतका अनुसार अहिले बादल प्रचण्ड समूहकै नेता हो र प्रचण्डलाई नै साथ दिने आश्वासन दिएको दावी छ तर सरकारको गृह मन्त्री भएकोले प्रधानमन्त्री ओलीविरुद्ध खुलेर लाग्न नसक्ने अवस्थाका कारण उनी मौन रहेको विश्लेषण गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री थापाको बोली बदलिएपछि प्रचण्ड त्रासमा, अबको बैठकमा थापा कुन पक्षमा ?

अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक गृहमन्त्री थापाले गरे बहिष्कार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !