३ जेष्ठ २०८१, बिहिबार

राजपा नेपालले पुरानै नामावली आयोगलाई पेस


Rajapa_Congress-e1505980182914

२० पुस, काठमाण्डौ । प्रदेशसभा समानुपातिक सदस्यको पुरानै नामावली निर्वाचन राष्ट्रिय जनता पार्टी नेपालले आयोगलाई बुझाएको छ ।  राजपा नेपाललाई समावेशी समूह नमिलेको भन्दै सच्याउनका लागि आयोगले पत्र पठाएको थियो ।

राजपा नेपालले भने नामावलीमा कुनै संशोधन नै नगरिकन जस्ताको त्यस्तै नाम बुझाएको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरका नेतृत्वमा बुझाएको नामावली आयोगले बुझ्न मानेनन् ।

भोलि शुक्रबार राजपा नेपालले बुझाएको नामावलीलाई के गर्ने त्यसको बारेमा आयोगले कुनै निर्णय लिने स्रोतले जनाएको छ । आयोगले भनेको अनुसार नामावली पठाएन भने समानुपातिक नामा खाली जान सक्ने प्रावधान रहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !