१५ असार २०८१, शनिबार

प्रधानमन्त्रीसँग एमालेको आपत्ति राष्ट्रियसभा निर्वाचनको मिति नतोकिएकोमा


emale

२० पुस, काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकोमा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले सरकारले प्रधानमन्त्री समक्ष आपत्ति जनाएको छ । बिहीबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी-जानी राष्ट्रियसभा निर्वाचनको मिति नतोकेको आरोप लगाएको हो ।

बालुवाटारमा भएको बैठकमा एमाले नेताहरुले राष्ट्रियसभा निर्वाचन माघ २५ मा गर्ने भन्ने हल्ला सत्य हो भने त्यो ठीक नहुने बताए । एमाले नेताहरुको राष्ट्रियसभा निर्वाचन १०/१५ दिनभित्र गर्न सकिने दाबी थियो ।

निर्वाचन आयोगसँग छलफल गरेर तत्कालै मिति तोक्ने भन्दै प्रधानमन्त्री देउवाले यसमा बिलम्ब नगर्ने जवाफ दिए । तर, एमाले नेताहरुले भने सरकारका गतिबिधि सत्ता लम्ब्याउनेतर्फ केन्दि्रत भएको भन्दै आपत्ति जनाएका थिए ।

कामचलाउ सरकारले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेभन्दा पनि नियुक्ति सरुवा बढुवा र राज्यकोषबाट करोडौं रुपैया सत्ताधारीलाई बाँड्ने काम गरेको भन्दै बैठकमा एमाले नेताहरुले आरोप लगाएका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !