![माधवकुमार नेपाल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/madhav-nepal.jpg?fit=759%2C460&ssl=1)
४ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् ।