१२ असार २०८१, बुधबार

प्रधानमन्त्री ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं, असोज ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएपनि केहि ढिलो गरी बैठक शुरु भएको हो ।

आज आइतबार बैठक बोलाउनुपर्ने कुनै कारण नभएपनि प्रधानमन्त्रीले केही अपर्झट विशेष काम परेर हिजो राती नै मन्त्रीहरुलाई आज बैठक बस्ने जानकारी दिन सचिवालयलाई निर्देशन दिएका थिए ।

प्राय: मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गरेकोमा सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार पनि बस्ने चलन छ । मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका बेलामा आकस्मिक रूपमा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर नेताहरुबीच कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा अझै सहमति जुटिसकेको छैन।

आजको बैठकमा एसिड आक्रमण कसुर सम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद्बाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ ।

यस्तै अन्य केही विधेयक बारेमा पनि बैठकमा छलफल हुने बुझिएको छ । साथै आज बसिरहेको मन्त्रिपरिषद्कोबैठकमा नयाँ मुख्यसचिव नियुक्तिबारे पनि छलफल हुने सम्भावना रहेको छ ।

आज मन्त्रिपरिषद्को बैठक बस्नु भन्दाअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

ओली-प्रचण्ड छलफल सकारात्मक : केहि दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने

बालुवाटारमा ओली-दाहालबीच छलफल जारी : मन्त्रिपरिषद् पुर्नगठनको मापदण्ड टुंग्याउन सक्ने

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक : महत्वपूर्ण निर्णय हुन सक्ने

प्रधानमन्त्री मन्त्रिपरिषद् पुर्नगठन गृहकार्यको अन्तिम चरणमा : यी हुन् नयाँ मन्त्री बन्न चाहिने ३० गुणहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !