१८ बैशाख २०८१, मंगलबार

सम्झना विकको हत्यारालाई कारबाही गर्न माग


नेविसङ्घ

काठमाडौँ, १० असोज । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सम्झना विकको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी बझाङको मष्टा गाउँपालिकाका १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि भएको हत्याका अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । “लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा आम नागरिकको सुरक्षा गर्न नसक्नु दुःखद कुरा हो, सरकारले बलात्कारीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

नेविसङ्घका महामन्त्री दिपक भट्टराईले केही महिना पहिले नवराज विकलगायत युवाको रुकुममा भएको नरसंहार र हाल सम्झना विकको बलात्कारपछि हत्या हुनुले दलित समुदायमाथि आक्रमणको घटना बढ्न थालेको बताउँदै दलित समुदायमाथि हुने गरेका विभिन्न प्रकारका विभेद र आक्रमण रोक्नका लागि कडा कानून बनाउन सरकारसँग आग्रह गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !