१५ बैशाख २०८१, शनिबार

यस कारण कांग्रेसभित्र तानातानमा गगन थापा, देउवाको सेमत नजर थापा मै !


गगन थापा

काठमाडौं, २ असोज । नेपाली काग्रेसमा अधिकतम रुचाइएका युवा नेता मध्ये पर्छन गगन थापा । त्यसैले पनि नेपाली काग्रेसको आगामि अधिवेशनमा गगनलाई आफ्नो क्याम्पमा पार्न सभापतिका दावेदारहरु लागि परेका छन् ।

सभापति पदका उम्मेदवारलाई गगनलाई महामन्त्रीको उम्मेदवार बनाउन पाए उनको भोटले आफ्नालाई मत बढ्ला भन्ने लागेको छ । हुन पनि अहिले देशभरिका युवाले अबको पार्टी सभापति गगन, विश्वप्रकाशजस्ता युवालाई दिनुपर्छ भनेर आवाज उठाइरहेको सुनिन्छ । सभापतिमा उठ्ने पहिलो घोषणा विमलेन्द्र निधिले गरेका छन् । र, आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार उठिदिन पनि भनिरहेकै छन् ।

सभापतिमा उम्मेदवारीको घोषणा गरेका शेखर देखि शशांकहुँदै प्रकाशमानसम्मले उनैलाई आग्रह गरिरहेका छन् । वर्तमान सभापति शेरबहादुर देउवाको त कुरै भएन, उनले झन् शुरुमै भनेका हुन् । तर, यस विषयमा गगनले कसैलाई जवाफ दिएका छैनन् ।

यसैबीच, गगनसँग सभापति शेरबहादुर देउवाले जुनसुकै काम गर्दा पनि सल्लाह लिन थालेका छन् । उनको बूढानीलकण्ठ आउजाउ बढ्दो छ । पछिल्लो समय गठित विभिन्न विभागमा पनि देउवाले कतिपय व्यक्ति सिफारिस गर्न भनेका थिए । तर, यसले टाउको भने विश्वप्रकाशलाई दुखेको कांग्रेस स्रोतले बताएको छ ।

विश्वप्रकाश पनि महामन्त्रीका आकांक्षी हुन्, त्यो पनि देउवाको क्याम्पबाट । उता, रामचन्द्र पौडेलहरूभित्र अर्काे रमाइलो छ, सभापतिमा उम्मेदवारीको विषयलाई लिएर । शशांक र शेखरले आफैँ सभापति उठ्ने तयारी गरिरहेकाले अब पौडेल गुट भन्ने नै रहने देखिन्न ।

त्यसैले पनि पौडेलले पछिल्लो पटक पार्टीभित्रको आन्दोलनलाई थप चर्काउन अनशन बस्ने प्रस्ताव राखेका थिए । तर त्यसलाई कोइराला पक्षले खासै मान्यता नदिएपछि यो अवस्था अहिलेका लागि टरेको जस्तो देखिन्छ । तर, अघिल्लो राति देउवाले कुनै विभाग गठन गरे भने भोलिपल्ट पौडेलले त्यसको विरोध गरेकै हुन्छन् । जनआस्थामा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !