६ जेष्ठ २०८१, आइतबार

ओली र प्रचण्डले निर्वाचन परिणामवारे संयुक्त पत्रकार सम्मेलन गर्दै


kp-oli-prachanda

२ पुस, काठमाडौँ l नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि दुवै दलले पहिलो पटक संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। नयाँ सरकार गठनको ढिलाईका विषयमा वाम गठबन्धनले पत्रकार सम्मेलनमा आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो।

दुवै दलले राष्ट्रिय सभा विधेयकमा अवरोध खडा गरेर कांग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाइरहेका छन्। पत्रकार सम्मेलन होटल अन्नपूर्णमा ३ बजेका लागि राखिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !