१२ असार २०८१, बुधबार

नेपाल सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली नियुक्त


प्रदीप ज्ञवाली

काठमाडौं, भदौ २९ । मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारीमा दिएको हो ।

मन्त्रिपरिषद्का सबैभन्दा सालिन मन्त्री ज्ञवालीलाई सो जिम्मेवारी दिइएको छ । नयाँ मन्त्री तत्काल नियुक्त हुने सम्भावना नभएपछि ज्ञवालीलाई सो जिम्मेवारी दिइएको हो । सञ्चार र अर्थ मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओली आफैंले राखेका छन् ।

यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए । उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !